उपमेयर लेखकले क्यान्सर पिडित ८० वर्षिया सिद्धकलालाई भेटिन्ःउपचारको लागि सहयोग गर्न पहल गर्ने प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की क्यान्सर पिडित ८० वर्षिया सिद्धकला दमाईसंग घरमै गएर भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख निलम लेखक जोशीले भेटघाट गरेकी छन् ।

नगरपालिकाको विकास योजना अनुगमनको क्रममा नजिकै ८० वर्षिया वृद्ध ५ वर्ष देखी पाठेघरको क्यासर भएर विरामी अवस्थामा रहेको थाहापाएपछि उपमेयर लेखक उनको घरमै भेट्न गएकी हुन् । आर्थिक समस्याले आमाको पाठेघरको क्यान्सरको उपचार गर्न नसकेको सिद्धकलाका छोरा जोगी दमाईले बताए ।

‘आमालाई पाठेघरको क्यान्सर भएको अहिले ५ वर्ष भयो ।’ जोगीले भने ‘तर के गर्ने पैसाको समस्या भएर उपचार पनि गर्न सकेका छैनौँ ।’ उपमेयर लेखकले क्यान्सर पिडित सिद्धकलाको उपचारका लागि नगर कार्यपालिकामा छलफल र अन्य निकायमा सकेत पहल गर्ने बताइन् ।

‘उहाँको उपचारका लागि नगर कार्यपालिकामा पनि छलफल गर्छौ ।’ उपमेयर लेखकले भनिन् ‘र अन्य निकायमा पनि पहल र म व्यक्तिगत रुपमा पनि केही सहयोग गर्छु ।’

उपमेयर लेखकले केही आर्थिक रकम आजै (सोमवार) भेटघाटको क्रममा सिद्धकलाको परिवारलाई सहयोग समेत गरेकी छन् ।

ताजा समाचार