महेन्द्रनगर । उद्योग वाणिज्य संघ कञ्चनपुरको उपाध्यक्ष पदमा सुरेश गुरुङ र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
१७ औं कार्यकारिणी समितिको निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । उक्त समय भित्र उद्योग उपाध्यक्ष र कोषाध्यक्षमा गुरुङ र जोशीको मात्र उम्मेदवारी परेको कार्यालय प्रमुख हेमराज भट्टले जानकारी दिएका छन् ।
उद्योग उपाध्यक्षमा निर्विरोध भएका गुरुङ तमु टायर रिसोलिङ सेन्टर र कोषाध्यक्षमा निर्विरोध जोशी चेतन सप्लायर्स एवम होटल चेतनका सञ्चालक हुन् ।
उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समितिको निर्वाचन असार २५ गते शनिबार हुने छ ।असार १५ गते उम्मेदवारी माथि दाबी, बिरोधको समय १० बजे देखि १२ बजे सम्म तोकिएको छ ।
विहिबार सम्म उम्मेदवारी फिर्ताको समय दिइएको संघले जनाएको छ ।