बाढी जोखिम क्षेत्रको अनुगमन (फोटोमा हेर्नुस)

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र उप–प्रमुख निलम लेखक जोशीले बाढीको जोखिम रहेको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

विशेष गरि महाकाली नदिले भीमदत्त नगरपालिका वडा नम्बर–११,१२ र १३ आसपासका बस्तीमा पार्ने प्रभाव तथा क्षतिलाई मध्यनजर गर्दै स्थलगत अनुगमन गरिएको बताइएको छ ।

महाकाली नदिमा पानीको बहाव बढेपछि त्यसले निम्त्याउने क्षति तथा नोक्सानीलाई न्यूनिकरण गर्न वा समाधान गर्न सहज होस् भन्ने उद्देश्यले पूर्वतयारी अन्तर्गत अनुमगन गरिएको हो ।

विगतमा बाढीले पु¥याएको क्षेतीलाई मध्यनजर गर्दै केही दिन पहिलेपनि पूर्वतयारी अन्तर्गत नगर प्रमुख बोगटी,उपप्रमख लेखकले सो क्षेत्रको अनुगमन गरेका थिए ।

गत वर्ष कार्तिकमा महाकाली नदिमा आएको बाढीले महाकाली चार लेन पुलको पहुच (भाइरल रोड) मार्ग कटान हुदाँ र भुजेला खोला बस्तीमा पस्दा सायौँ घर डुबान र ठुलो धनको क्षति भएको थियो ।

अनुगमनमा समन्वय प्रमुख,नगरप्रमुख,उपप्रमुख सहित,वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापा,१२ का वडाध्यक्ष भुपेन्द्र रावल,१३ का वडाध्यक्ष राम बोहरा,लगाएको उपस्थिति रहेकोे थियो ।

ताजा समाचार