कैलालीमा एक बालकको शव फेला


महेन्द्रनगर । कैलालीमा एक बालकको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका ३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको अनुहार नचिनिने, शरिरमा कपडा नभएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।

ताजा समाचार