कैलालीको मनहरा नदीमा ट्रक पल्टिएर दुईजना घाइते


महेन्द्रनगर । कैलाली गेटा स्थित मनहरा नदीमा ट्रक पल्टिँदा दुई जना घाइते भएका छन् । कैलालीको गोदावरी नगरपालीका -५ गेटा स्थित मनहरा नदीमा ना ६ ख ६८२५ नम्बरको ट्रक आफै अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक धनगढी उगमहा नगरपालीका -१३ का ५० वर्षीय गणेश आले र सहचालक धनगढी- ७ का १९ वर्षीय रमेश भुजेल घाईते भई दुवै जनालाई केजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

ताजा समाचार