कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु, ४३८ जना सङ्क्रमित

महेन्द्रनगर । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

ताजा समाचार