कैलालीको अत्तरियामा ट्याङकर दुर्घटनाः एकजना गम्भीर, ५ गाईको मृत्यु

महेन्द्रनगर । कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना भएको छ । ट्याङकर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् भने ५ गाई मरेका प्रहरीले जनाएको छ।

शनिबार नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

अत्तरिया तर्फ आउँदै गरेको ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिदाँ पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का लोकेन्द्र धामी गम्भीर घाइते भएका छन् ।

भने ५ गाई मरेका छन् । घाइते धामीको उपचार अत्तरियास्थित पदमा अस्पतालका भइरहेको र थप उपचारका लागी माया मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

ताजा समाचार