चौपाया व्यवस्थापनलाई  प्राथमिकतामा राखेर काम गर्दै भीमदत्त

मेयर बोगटीद्वारा बर्दियाको गौ सेवा केन्द्र अवलोकन

महेनद्रनगर । कंचनपुरको भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यावस्थापन लाई पहिलो प्राथमिकतामा राखेर  काम गरिरहेको छ । छाडा चौपायाको दिगो व्यवस्थापनका लागि नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशीले सम्भावित जग्गाको अवलोकन र गौ संरक्षण अभियानका अभियान्ता तथा विज्ञहरु सङ्ग भेटघाट तिब्र बनाएका छन ।

शुक्रबार नगरप्रमुख बोगटी,उपप्रमुख जोशी,प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली,वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी लगायतको टोलिले बर्दियाको बारबर्दिया नगरपालिका-९  कतर्निया स्थित गौ सेवा केन्द्रको अवलोकन  गरेका छन् ।

बर्दियाको कतर्नियामा वसाह वार्डा गौ सेवा आश्रमद्वारा आयोजित  गौ संरक्षणको आवश्यकता तथा दिगो व्यवस्थापन विषयक छलफल कार्यक्रममा सहभागी हुँदै मेयर,उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतले कतर्नियामा संचालित गौ सेवा केन्द्रको अवलोकन  गरेका नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।

‘ छाडा चौपायाको व्यवस्थापनका लागि भीमदत्तमा पहिले पनि  थुप्रो प्रयास भएको छ । तर समस्या समाधान हुन सकेन ।’ नगर प्रवत्ता खड्काले भने ‘कुनै एक ठाउँमा तारबार बेरेर त्यहा गाई गोरु हुलेर यसको समाधान हुदैन । त्यसैले यो समस्या दिगो रुपमा कसरी समाधान गर्न सकिन्छ भनेर  नगर प्रमुख,उपप्रमुख,कार्यालय प्रमुख लगायत हामी निरन्तर अध्ययन,अनुगमन तथा विज्ञसंग सल्लाह सुझाव लिइरहेका छौ ।’ उनले अगाडि भने ‘ समय लागेपनी हामी छाडा चौपायाको दिगो व्यवस्थापन गर्छौ । त्यही अनुसार काम गरिरहेका छौ ।’

छाडा चौपायाको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख बोगटीले बताए । ‘ हामी छाडा चौपायाको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर अध्ययन तथा काम गरिरका छौ ।’ उनले भने ‘ शुक्रबार हामिले छाडा चौपायाको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर बर्दियाको कतर्नियामा रहेको गौ सेवा केन्द्रको अवलोकन पनि गरेका छौ ।’

नगर प्रवत्ता खड्काका अनुसार भीमदत्त र वेदकोट नगरपालिका बिच मिलेर छाडा चौपाया व्यवस्थापन गर्ने प्रारम्भिक छलफल पनि भएको छ ।

गत आइतबार नगर प्रमुख बोगटीको नेतृत्वमा नगर उपप्रमुख, बेदकोट नगरपालिकाका नगर उप–प्रमुख तुलसी जोशी,भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  लगाएतको टोलीले छाडा चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित सम्भावित जग्गाको अवलोकन समेत गरेका थिए ।

मेयर बोगटीका अनुसार भीमदत्तले मात्रै चौपाया व्यवस्थापन ग¥यो भने बेदकोटबाट फेरी चौपाया आउछन् र बेदकोटले मात्र व्यवस्थापन ग¥यो भने भीमदत्तबाट चौपाया उता जान्छन । त्यसैले दुबै पालीकाले मिलेर छाडा चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुने भएकोले सो विषयमा बेदकोटका प्रमुख,उपप्रमुख संग प्रारम्भिक छलफल भएको छ ।

‘भीमदत्त र बेदकोट दुबै पालिकाले चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुन्छ ।’ नगर प्रमुख बोगटीले भने ‘त्यसैले सहकार्य गर्ने विषयमा बेदकोटका नगर प्रमुख ,उपप्रमुख संग प्रारम्भिक छलफल भएको छ । र बेदकोटको बैतडामा रहेको सम्भावित जगगाको अवलोकन पनि गरिएको छ ।’

‘छाडा चौपाया व्यवस्थानका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित श्री बालज्योती मावीको मातहतमा रहेको १२ विगा भन्दा बढी जमिन विद्यालयले उपलब्ध गराउछौँ भनेको छ ।’ बेदकोटका उपमेयर तुलसी जोशीले भनिन् ‘केही दिन अगाडि  भीनपाका मेयर,उपमेयर सहित हामीले सो क्षेत्रको अवलोकन समेत गरेका छौ ।’

छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्तका मेयर बोगटी,उपमेयर जोशीले यस अघि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर,सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल गरेका थिए ।

ताजा समाचार