मलेसियामा कञ्चनपुरका एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरका एक जनाको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसिया गएका कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मृत्यु भएको हो।

आइतबार हृदयघातका कारण उनको मृत्यु भएको जानकारी पाएको उक्त नगरपालिकाका प्रमुख हेमराज ओझाले बताए। देउवा विगत १५ वर्षदेखि मलेसियामा काम गर्दै आएका बताइएको छ।

ताजा समाचार