दार्चुलामा जिप दृर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु

महेन्द्रनगर । दार्चुलामा जिप दृर्घटना हुदा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६उल्लानीमा से १ ज ५५१ नम्बरको जिप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको अवस्थामा दृर्घटना भएको हो ।

मृत्यु हुनेमा ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य ४ जना पुरुष, २ जना महिला र चालक समेत घाईते भएका छन् ।

घाईतेहरुको उपचार गोकुलेश्वर अस्पत्तालमा भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको र थप बिवरण आउन भने बाकी छ ।

ताजा समाचार