५ वर्षमा १६८ जनाको सवारी दुर्घटनामा मृत्यु

महेन्द्रनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार आर्थिक बर्ष २०७४,०७५ देखी २०७८,७९ मा कञ्चनपुर भरि ३४६ सवारी दुर्घटनामा परेर १६८ जनाको मृत्यु भएको प्रहरी निरक्षक उमेश बहादुर चन्दले जानकारी दिएका छन् ।

सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर २०१ जना गम्भिर घाईते भएका छन् । र १८० जना सामान्य घाईते भएका छन् ।

आर्थिक वर्ष २०७८,०७९ मा कञ्चनपुर भरी ९० सवारी दुर्घटनामा परेर ३२ जनाको मृत्यु भएको छ । र सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर ६१ जना गम्भिर घाइते भएका छन्र, ६४ जना साामन्य घाइते भएका छन् ।

२०७७,०७८ अवधिमा कञ्चनपुर भरी ९७ सवारी साधन दुर्घटनामा परेर ३३ जनाको मृत्यु भएको थियो र सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर ८७ जना गम्भिर घाइते भएका थिए र ६० जना सामान्य घाइते भएका थिए ।

२०७६,०७७ अवधिमा कञ्चनपुर भरी ५४ सवारी साधन दुर्घटनामा परेर ३२ जनाको मृत्यु भएको थियो र सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर २२ जना गम्भिर घाइते भएका थिए र ३४ जना सामान्य घाइते भएका थिए ।

२०७५,०७६ अवधिमा कञ्चनपुर भरी ६८ सवारी साधन दुर्घटनामा परेर ४५ जनाको मृत्यु भएको थियो र सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर ८ जना गम्भिर घाइते भएका थिए र १४ जना सामान्य घाइते भएका थिए ।

२०७४,०७५ अवधिमा कञ्चनपुर भरी ३७ सवारी साधन दुर्घटनामा परेर २६ जनाको मृत्यु भएको थियो र सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर २३ जना गम्भिर घाइते भएका थिए । र ८ जना सामान्य घाइते भएका जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रहरी निरक्षक उमेश बहादुर चन्दले जानकारी दिएका छन् ।

ताजा समाचार