‘बेसमेन्ट’मा बनाइएको ‘होल्डिङ रुम’ सेवाग्राही बस्न योग्य छैन : महानगर

महेन्द्रनगर । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् ।

उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा प्रयोग गरेर सेवाग्राही माथि अमानवीय व्यवहार गरेको पाइयो । भेन्टिलेसन नभएको रुममा सेवाग्राही कसरी बस्न सक्छन् । जुन कुरा अनुपयुक्त छ ।’

महानगरले अहिले बेसमेन्टमा सेवाग्राही बस्नका लागि राखिएका कुर्सीसहितका सामग्रीहरु हटाइरहेको छ ।

ताजा समाचार