कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु

महेन्द्रनगर । आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो ।

बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ताजा समाचार