गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यवस्थापनः भीमदत्त र बेदकोट नगरपालिको सयुक्त कार्यदल गठन

महेनद्रनगर । गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यावस्थापनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले सयुक्त कार्यदल गठन गरेको छ । आइतबार भीमदत्त नगरपालिका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष गगन सिंह धामीको संयोजगत्वमा १३ सदस्यिय सयुक्त कार्यदल गठन गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशी,प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली र बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा,उपप्रमुख तुलसी जोशी,प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्ट लगाएतको उपस्थितिमा बसेको सयुक्त बैठकले दुबै पालिकाका सामुदायिक चौपाया व्यवस्थापनका लागि कानुनी मस्यौदा तयार गर्न १३ सदस्यिय कार्यदल गठन गरिएको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘आइतबार भीमदत्त र बेदकोट नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि सयुक्त कार्यदल गठन गरेको छ ।’ उनले भने ‘उक्त कार्यदलले १५ दिन भित्र कानुनी मस्यौदा तयारी गरि पेश गरिसकेपछि थप काम अगाडी बढ्ने छ ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख बोगटीले भीमदत्तले मात्रै गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यवस्थापन ग¥यो भने बेदकोटबाट फेरी चौपाया आउछन् र बेदकोटले मात्र व्यवस्थापन ग¥यो भने भीमदत्तबाट चौपाया उता जान्छन । त्यसैले दुबै पालीकाले मिलेर गौमाता तथा नंदीको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुने भएकोले सो विषयमा बेदकोटका प्रमुख,उपप्रमुख संग छलफल गरि कानुनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको बताए ।

‘भीमदत्त र बेदकोट दुबै पालिकाले गौमाता तथा नंदीको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुन्छ ।’ नगर प्रमुख बोगटीले भने ‘त्यसैले सहकार्य गर्ने विषयमा बेदकोटका नगर प्रमुख ,उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसंग छलफल भएको छ । र सयुक्त कार्यदल समेत गठन गरिएको छ ।’

केहि दिन अगाडी नगर प्रमुख बोगटीको नेतृत्वको टोलीले साुमदायिक चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित सम्भावित जग्गाको अवलोकन समेत गरेका थिए ।

‘केहि दिन पहिला चौपाया व्यवस्थापन गर्न दुबै पालिका विच सहकार्य गर्ने प्रारम्भिक निर्णय भएपछि बेदकोट नगरपालिका–४ बैतडा स्थित रहेको जग्गाको अवलोकन गरिएको थियो ।’ नगर उपप्रमुख निलम लेखक जोशीले भनिन् ‘त्यही अवलोकन गरिएको जग्गामा दुबै पालिकाका चौपाया व्यवस्थापन गर्न दुबै पालिका विच छलफल भएको छ ।’

उनले अगाडी भनिन् ‘गौमाता तथा नंदी व्यवस्थापनका लागि हामी निर्वाचित भएदेखी निरन्तर लागिरहेका छौ । प्रायास गरिरहेका छौ र यसको व्यवस्थापनका लागि सबैको साथ सहयोगको पनि आवश्यकता छ ।’

बेदकोट नगरपालिकाका उपप्रमुख जोशीका अनुसार साुमदायिक चौपाया व्यवस्थानका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित १२ विगा भन्दा बढी जमिनको अवलोकन गरिएको छ । त्यही जग्गामा चौपाया व्यवस्थापन गर्न भीमदत्त र बेदकोट नगरपालिका बिच छलफल भएको छ ।

साुदायिक चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले यस अघि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर,सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल गरेको थियो ।

ताजा समाचार