बेलडाँडीमा दशैको अवसरमा फुटवल प्रतियोगिता हुने

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको कालिका मन्दिर समितिको आयोजनामा फुटवल प्रतियोगिता गर्ने भएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि हिन्दुहरुको महान चार्ड विजयादशमी को उपलक्ष्यमा फुटवल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको खेल उदघाटन असोज १० गते घटस्थापनाको दिन रौलेश्वर स्कूल को प्राङ्गण मा दिउसो १ बजे हुने कार्यतालिका रहेको छ ।

प्रतियोगितामा पहिलो हुने टिमलाई ५१ हजार १ सय पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई २५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ ।

टिम दर्ताका लागि समितिले प्रत्येक टिमका लागि ४ हजार १ सय शुल्क लाग्ने जनाएको छ ।

कालिका मन्दिरमा विगत लामो समय देखि नवौंमीको मेला लाग्दै आइरहेको छ।

ताजा समाचार