महेन्द्रनगरमा खुल्यो १ करोड लगानीमा चिकन स्टेसन नगर प्रमुख बोगटीले गर्नुभयो उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा १ करोड बढी लगानीमा चिकन स्टेसनको शाखा खुलेको छ ।

सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले उक्त चिकन स्टेसन शाखाको उद्धघाटन गर्नुभएको हो । ‘नगरपालिकामा यो स्तरको रेष्टुरेन्ट खुल्नु भनेको गौरवको कुरा हो ।’ उद्धघाटन कार्यक्रममा नगरप्रमुख बोगटीले भन्नुभयो ‘युवाहरुले यति ठुलो लगानीमा यो स्तरको नयाँ किसिमको व्यापार शुरु गर्नु भएको छ र केही व्यक्तिलाई रोजगारी दिनु भएको छ ।’

उहाँले अगाडी भन्नुभयो ‘त्यसैले यस्ता मेहनती,पौरखी युवाहरुलाई हामीलेपनि प्रोत्साहान गर्नु पर्छ ।’ स्टेसनले देशभर ७५० जनालाई रोजगारी दिएको छ । स्टेसनमा शाकाहारी परिकार पनि पाइने सञ्चालक पदम बैजले जानकारी दिए ।

महेन्द्रनगरमा पैंचो हस्पिटालिटीले चिकन स्टेसनको फ्रेन्चाइजी लिएको हो । महेन्द्रनगर शाखाको सञ्चालकमा पदम बैज, परमानन्द भट्ट, प्रकाशदत्त भट्ट रहेका छन् । स्टेसनका प्रमुख सेफ कुमार चालिसेले स्टेसनमा ९० किसिमका परिकार पाइने बताए ।

ताजा समाचार