महेन्द्रनगरमा सेभेन साईट फुटबल प्रतियोगिता

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा सेभेन साईट फुटबल प्रतियोगिता २०७९ कार्तिक १ गते आज देखि सुरु हुदैछ ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिताको विविध कार्यक्रमका साथ आज कार्तिक १ गते उद्धघाटन हुने आयोजकले जानकारी दिएको हो।

उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ।

खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन हुने छ। प्रतियोगिताको उद्धघाटन आज ३:३० बजे दिउसो सिद्धार्थ युवा क्लब र ज्ञान भण्डार टिम बिच प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।

प्रतियोगिताको प्रथम टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ।

ताजा समाचार