पाचौं आई.सी. वाई सी. कप : प्री- क्वाटरफाइनल दोस्रो दिनको खेलमा तीन क्लब विजय

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगितामा प्री–क्वाटरफाइनल अन्तर्गत दोस्रो दिनको खेलमा तीन क्लब बिजय भएका छन् ।
शुक्रबार प्री– क्वाटरफाइनलका तिन खेलमा पहिलो खेल अलस्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा न.१ र दिपशिखा युवा क्लब बेलडाँडी बैबाहा बिच भएको थियो । जसमा ४–० गोलको अन्तरले अलस्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा न. १ले दिपशिखा युवा क्लब बेलडाँडी बैबाहा लाई हराउदै जित निकालेको हो ।

दोस्रो खेलमा मछेली युवा क्लब र हिमालय युवा क्लब झिलमिला बिच भएको खेल गोल रहित बराबरी भएको थियो । उक्त खेल ट्राई बेगरमा ५–४ गोल अन्तरले हिमालयन विजय भएको हो ।

उक्त दिनको तेस्रो खेलमा पुनर्वास न.पा.२ र न्यृ गुलरीया युवा क्लब विच भएको खेलमा एक–एक गोलको बराबरीमा सकिएको थियो । सो खेल ट्राईबेगरमा ४–३ गोलले न्यू गुलरियाले जित हात पा¥योको आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउन ुभयो ।

उनका अनुसार प्री– क्वाटरफाइनलको तेस्रो दिन आज पहिलो खेल न्यूगुलरिया युवा क्लब गुलरिया र कञ्चन जाँई खेलकुद विकास समिति विच दिउसो १२ बजे दोस्रो खेल बंक स्पोर्टस क्लब र खड्डा युवा क्लब कंकड पुनर्वासका बिच दिउँसो २ः०० बजे प्रतिस्पर्धात्मक खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा हुने छन् ।

’स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता– २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।

प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ। प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ।

जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको हो।
उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ। उक्त प्रतियोगिताको समापन कार्तिक २३ गते हुने छ ।

ताजा समाचार