कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव

महेन्द्रनगर: कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव भएको छ।

जिल्लाको कृष्णपुर–०१ निवासी भवानी चन्द मोटर चलाउने क्रममा करेन्ट लागि घाइते भएका थिए।

अहिले उनको धनगढीस्थित निसर्ग अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेकोमा घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको उनका आफन्तले बताएका छन्। उपचारमा सहयोग गरिदिन पनि सबैमा आग्रह गरिएको छ।

ताजा समाचार