सुदूरपश्चिममा प्रसिद्ध बडाल जाँत आज

महेन्द्रनगर । चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आज लाग्दैछ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन शुक्रबार राति (रतेडी) र दोस्रो आज दिन (दिउसेडी) लाग्दै छ।

चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर चौलो खेलिने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देउरो ल्याउने चलन रहेको छ।

ताजा समाचार