बृहत चौथो प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिताको भोलि समापन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को भोलि समापन हुने भएको छ।

चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को भोलि फाइनल खेल हुनेछन् । जसमा पुरुष तर्फ पिएफए स्पोर्ट्स क्लब अत्तरीया र नव:बुद्ध युवा क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यसैगरी भेट्रान फुटबल तर्फ मनकामना युवा क्लब र कैलारी गाउँपालिकाको सामना गर्ने छ।

जसमा भेट्रान तर्फ मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिका संग फाइनलमा हेटटु हेट यो तेस्रो भेट हो। कैलारीले दुई पटक उपाधी हात पारिसकेको छ । मनकामना क्लब उपाधी रक्षाका लागि भोलि भिड्नेछ।

मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो। उनले भने,’ प्रतियोगिताको अन्तिममा पुगेका छौँ , समापनका लागि सम्पुर्ण तयारी पूरा भैसकेको छ।’सनिवार सम्पन्न महिला तर्फ खेलमा मनकामना युवा क्लबले गौरीगंगा -११ क्लब लाई पेनाल्टी सुट आउटमा ३-२ गोलको अन्तरले हराउदै उपाधी हात पारेको हो।

महिला समुह तर्फ विजेता टिम मनकामना युवा क्लबले ५० हजार ,उपविजेता टिम गौरीगंगा -११ क्लबले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पारेको हो।खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन भएको थियो।

उक्त प्रतियोगिताको आज कार्तिक २१ समापन हुने मनकामना युवा क्लबका अध्यक्ष पाण्डेले बताउनु भयो।प्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ।

जसमा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नव: बुद्ध युवा क्लब ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् ।

यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ।

जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ क्लबको सहभागिता रहेको छ।मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहेका छन् ।

कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले बताउनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय ट्रफी प्रमाण,मेडल हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ।

प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् । जसमा विभिन्न विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार राशी को व्यवस्था रहेको छ।

ताजा समाचार