आज प्रधानमन्त्री देउवा बैतडीको चुनावी सभालाई सम्बोधन गर्ने


महेन्द्रगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बैतडीको चुनावी सभालाई पनि सम्बोधन गर्ने छन्। उनले आज सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।

देउवाले दिउँसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। देउवासँगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि बैतडी जाने बताइएको छ।

भट्टले पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव जोशीले बताए। यसअघि पनि देउवा बैततडीमा चुनावी सभालाई सम्बोधन गरेर गएका थिए।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्। उनले आज बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम सम्बोधनपछि देउवा बैतडीको शिवनाथ जानेछन्।

ताजा समाचार