११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा ८ सय २५ सदस्यको सिट 

महेन्द्रनगर। ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी ११ हजार ५ सय ४३ जना उम्मेदवार चुनावी मैदानमा रहेका हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ जना र प्रदेशसभातर्फ ३ हजार २ सय २४ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ उम्मेदवार बन्दसूचीमा छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० गरी २७५ जना संसदमा पुग्नेछन् । प्रदेशको समानुपातिकतर्फ प्रदेश १ मा ६१६, मधेस प्रदेशमा ८६३, बागमती प्रदेशमा ७५४, गण्डकी प्रदेशमा ३४४, लुम्बिनीमा ५७९, कर्णालीमा २००, सुदूरपश्चिममा ३५२ जना उम्मेदवार बन्दसूचीमा छन् ।

प्रदेशसभाको प्रत्यक्षबाट प्रदेश १ मा ५६, मधेस प्रदेशमा, ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४, सुदूरपश्चिम प्रदेशमा ३२ जना चयन हुनेछन् ।

प्रदेशको समानुपातिकमा प्रदेश १ मा ३७, मधेश प्रदेशमा ४३, बागमतीमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जना चयन हुनेछन् ।

ताजा समाचार