डोटीमा एक पुरुषको शव फेला

महेन्द्रनगर । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज (शनिबार) जिल्लाको जोरायल गाउँपालिका–३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओलीको शव फेला परेको छ ।

डोटीका जिल्ला प्रहरी डिएसपीका अनुसार उनी जोरायल गाउँपालिका–३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन्। भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए।

तर, उनी घर पुग्नै पाएनन्।उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ।

घटना राति ९ बजेपछि भएको र अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

ताजा समाचार