ट्याङ्करले ठक्करबाट एक जना बालकको मृत्यु

महेन्द्रनगर । भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।


झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका(२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएर रामेछापको सुनापाती गाउँपालिका(४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ ।

ताजा समाचार