अत्यन्तै चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु

महेन्द्रनगर ।अत्यन्तै चर्चित रेडियो कार्यक्रम प्रस्तोता ३५ वर्षका महावीर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए ।

चितवनबाट काठमाडौं फर्किने क्रममा५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।

माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।

गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।

ताजा समाचार