बाजुरामा ६ दिन पछि उठ्यो सन्दीवको शव

  महेन्द्रनगर। बाजुराको त्रिबेणी नगरपालिका वडा ७ मा भएको घटनामा मृत्यु भएका सन्दीव अयडीको शव आफन्तले बुझेका छन।

उनका आफन्तले ६ दिन पछी लाश बुझेर दाहसस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ। मंसिर ४ गतेको निर्वाचनको मतदानको समयमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीव अयडीको शव आफन्तले बुझेका छन।

मतदानको समयमा मतपेटीका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको जनाइएको थियो। यस्तै सोही राती घर भित्र सुतेको अबस्था काँग्रेस कार्यक्रताद्धारा हत्या गरिएका अनेरास्ववियूका नेता चेतनदिप अयडीको शव भने उठ्न सकेको छैन।

अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखीएको छ। उनको हत्यामा सलग्नलाई कार्बाहीको माग गर्दे अनेरास्ववियू बाजुरा आन्दोलनमा रहेको छ ।

ताजा समाचार