टनकपुरमा लागुऔषधसहित  समातिए नेपाली युवा

महेन्द्रनगर। भारतीय प्रहरीले चरेशसहित एक नेपाली युवालाई पक्राउ गरेको छ। कञ्चनपुरको सीमावर्ती टनकपुर बजार क्षेत्रबाट ती युवा पक्राउ परेका हुन्।

चम्पावत प्रहरीका अनुसार झण्डै तीन किलो चरेशसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका २० वर्षीय करमसिंह ठगुन्ना पक्राउ परेका छन्।

‘नशामुक्त अभियान’ अन्तर्गत चेकजाँचमा रहेको प्रहरीले चरेश तस्करी गरिरहेको अवस्थामा ठगुन्नालाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको त्यहाको प्रहरीले जनाएको छ।
 

ताजा समाचार