माइती नेपाल कञ्चनपुरद्धारा बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण प्रदान गरेको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–११, १२ र १३ नम्बर वडाका बेचविखनको जोखिममा रहेका २५ जना भन्दा बढी किशोरी तथा महिलालाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन ।

भीमदत्त नगरपालिकाका ती सिमावर्ती वडाहरु मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले संवेदनशिल हुन् । ‘भारतिय सीमाना संग जोडिएका भीमदत्त नगरपालिकाका ११,१२ र १३ नम्बर वडाका महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको छ ।’ संयोजक भट्टले भनिन् ‘त्यही कुरालाई मध्यनजर गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सो क्षेत्रका किशोरीहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध अनुशिक्षण प्रदान गरिएको हो ।’

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वडाध्यक्ष भुपेन्द्र रावल,वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापा, वडा नम्बर १२ का वडासचिव हरि प्रसाद मिश्र,महिला सदस्य माया टमटा, बिमला अवस्थी भट्ट लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार