सुनसरी(३)को विजय जुलुसमा चौधरीमाथि ढुंगामुढा प्रहार, तीन घाइते


महेन्द्रनगर । नेकपा एमालेबाट विजयी भएकी भगवती चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन्।उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो।चौधरीसँग विजय जुलुसमा गइरहेको समयमा रंग अबिर लगाउने कुरामा विवाद भएको थियो,’ उनले भने, ‘कसैले नलगाउने भनेपछि स्थानीय र विपक्षीसँग विवाद भएको थियो। सोही क्रममा ढुंगामुढा पनि प्रहार भएको थियो।’

यस्तै, प्रहरी तैनाथ भएका कारण झडपलाई तत्कालै नियन्त्रणमा लिइएको थियो भने झडपमा तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको उनले बताए।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उनले ५ हजार १८८ मतले पराजित गरेकी थिइन्। चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी थिइन् भने गच्‍छदारले ३५ हजार ६०० मत ल्याएका थिए।

ताजा समाचार