डोटीमा वडाध्यक्ष जोशीको निधन

 महेन्द्रनगर। डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो ।

उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने आसंका रहेको छ ।

६५ वर्षीय जोशी ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ताजा समाचार