कैलालीमा एक होलसेल पसलमा आगलागी हुँदा लाखौँको क्षती

महेन्द्रनगर । कैलालीमा एक पसलमा आगलागी भएको छ । कैलालीको जानकी गाँउपालीका वडा नम्बर ५ पथरैया बस्ने अहमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलमा आगलागी भएको हो ।

गोदाममा बिद्युत्को तार सट भई एक्कासि आगलागी हुँदा गोदाम भित्र भएका सम्पूर्ण किरानाको सामान जली नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीका कारण झन्डै १२ लाख बराबरको क्षति भएको कैलाली प्रहरीले जनाइएको छ ।मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको छ । गरिएको छ ।


ताजा समाचार