बझाङमा भिरबाट लडेर २६ वर्षीया एक महिलाको मृत्यु

महेन्द्रनगर । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बझाङ प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–२ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार