समयमै प्रसुति सेवा नपाउँदा २९ वर्षीया जनप्रतिनिधिको मृत्यु

महेन्द्रनगर । समयमै प्रसुति सेवा नपाउँदा कपिलवस्तुमा एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ की वडा सदस्य माधुरी लोहारको प्रसुति सेवा समयमा नपाउँदा शनिवार राति निधन भएको भएको हो ।


जनता समाजवादी पार्टी नेपालबाट स्थानीय तहको निर्वाचनमा दलित तर्फबाट वडा सदस्यमा निर्वाचित २९ वर्षीया लोहारको सुत्केरी व्यथाले च्यापे पनि उनको समयमा उपचार नपाउँदा मृत्यु भएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन् ।

‘उनको गाउँको, क्षेत्रमा प्रसुति गराउने अस्पताल नै छैनन्, व्यथाले च्यापेपछि बुटवलमा पुर्‍याउन समय लागेकाकाले यस्तो घटना भएको हो, समयमा भएको भए यस्तो अवस्था आउने थिएन’ यादवले भने ।

मृतक लोहारलाई थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइए पनि उपचार सम्भव नभएको उनले बताएका छन् ।

ताजा समाचार