रामेछापमा अटोको दुर्घटनामा ५ जना घाइते

महेन्द्रनगर। रामेछापको खाँडादेवी गाउँपालिका अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आइतबार बिहान खाडाँदेवी गाउँपालिका(३, भिरपानी हुन्दुरखोलामा पकरवासबाट सिन्धुली तर्फ जाँदै गरेको ज (१ ह ५०६९ नम्बरको अटो आँफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका(६ भोटेपानीका ४३ वर्षीय चालक कुमार तामाङ टाउको र कम्मरमा गम्भीर चोट, सोही स्थानका ७० वर्षीय पदमबहादुर तामाङको पनि अवस्था गम्भीर रहेको छ।

सिन्धुली कमलामाई नगरपालिका(६ कै ६५ वर्षीय रामबहादुर तामाङ, ३२ वर्षीया सम्झना तामाङ र १२ वर्षीया सुस्मा तामाङलाई पनि घाइते भएका छन्। दुर्घटनामा घाइते भएका ५ जनालाई प्रहरीले उद्दार गरी उपचारको लागी घुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

ताजा समाचार