महेन्द्रनगर । दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका भारतीय पक्षले बन्द गरेको छ। आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि आज सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन। महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवाद भएको थियो ।महाकाली नदीको सो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीले भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको बताए। उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन। महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए।उनीहरुले पुल समेत बन्द गरेका थिए। यात्रुहरू अलपत्र परेपछि बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेर पुल खोलेको थियो। सोमबार ९आज० फेरि भारतीय पक्षले पुल बन्द गरेका हुन। भारतीय नागरिकले बन्द गराएको पुल खुलाउन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। पुल बन्द हुँदा महाकाली वारि–पारी यात्रुहरु रोकिएका छन्। आईतबार भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४ जना नेपाली घाइते भएको जनाएको छ ।