धनगढीको सामुदायिक वनमा भरूवा बन्दुक बरामद

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका–६ समैती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद भएको छ।

आइतबार दिउँसो प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार