बेदकोटमा माटोको ढिस्कोले पुरिदा २२ वर्षीया
युवतीको मृत्यु

महेन्द्रनगर । बेदकोट नगरपालिका–२ जडेपानीकी २२ वर्षीया एक युवतीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको

घर लिपपोतका लागि सोमबार बिहान माटो लिन गएकी स्थानीय राधाकुमारी रावलको उपचारका क्रममा मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएर घाइते भएकी उनको उद्धार गरी स्थानीयले महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भरत गिरीले बताए।

ताजा समाचार