ठेकेदार कम्पनीको लार्पबाहीका कारण दैजी- डोकेबजारको सडक वर्षौ देखिको सकसपुर्ण यात्रा

महेनद्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको दैजी – डोकेबजारको हुलाकी सडक ठेकेदार कम्पनीको लार्पबाहीका कारण अलपत्र पर्दै गएको छ । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा निर्माण भईसक्नुपर्ने हुलाकी राजमार्ग अझै पुरा भएको छैन । विभिन्न बहाना तिकडम बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६८ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका निर्वतमान सुचना अधिकारी पदम मडैले चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा नगरेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिईएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले ०७९ भदौँ पहिलो सातासम्ममा समेत काम गर्न सकेका छैनन ।

कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ । मडैका अनुसार डोकेबजारदेखि बेलौरी सम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए ।

हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ ।

पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ । दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि ९२०–४०० बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो ।

तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ । कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ ।

हुलाकी सडक निर्माणका चरम लार्पबाही हुन थालेपछि बेलडाँडीका स्थानीय समेत रहेका एमाले प्रचार प्रसार विभाग केन्द्रीय सदस्य रोशन खडका नेतृत्वको टोलीले शर्मा राजेन्द्र जेभीका संचालक भीम साउदलाई भेटेर शिघ्र कालोपत्रे गर्न दवाव दिएका थिए । एमाले प्रभार विभाग सदस्य खडकाको टोलीसंग ठेकेदार साउदले बर्षात सकिए लगत्तै काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र ९कैलाली–कञ्चनपुर०को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन । निर्माण कम्पनीले सम्झौता गरेको ६५ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ ।

दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ । बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् ।

भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ । शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १ बर्ष काममा अवरोध गरिदिएको थियो । बेलडाँडी क्षेत्रको ४ सयमिटर सिँचाईको जमिन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए ।

‘बर्षा रोकिए लगत्तै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’ हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ ।

हुलाकी सडक निर्माणका लागि निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनालाई पटक पटक दवाव दिएका कञ्चनपुरका जनप्रतिनिधी, सरकारी निकायलाई समेत सरकारले ठगिरहेको छ ।गत असोजमा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना सहितको जनप्रतिनिधी टोलीले निर्माण कम्पनी र आयोजना कार्यालयमा शिघ्र सडक निर्माणका लागि ज्ञापन पत्र बुझाएका थिए । सोही क्रममा निर्माण कम्पनीका तर्फबाट ईन्जिनियर रोशन भट्टले दशैैँ तिहार लगकै काम गर्ने प्रतिबद्धता जाहेर गरेपनि मंसिर तेस्रो सातासम्म सडक निर्माण कार्य अघि बढाएको छैन ।

निर्माण कम्पनीले जनतामात्र होईन जनप्रतिनिधी, सरकारी निकायलाई समेत ढाँटिरहेको छ । निर्माण गर्छु, भन्ने तर निर्माण नगर्ने प्रवतिले बर्षातमा हिलाम्मे, अन्य मौषमा धुलाम्मे सडकले जनजिवनमा समेत प्रभाव पार्दै आएको छ । हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीले निर्माण कम्पनीले लार्पबाही गर्न नपाउने भन्दै काममा ढिलाई गरेर कार्बाहीको चेतावनी दिएपनि पहुँचवाला ठेकेदारकम्पनीले गम्भिर भएको छैन ।

उक्त सडक निर्माण ढिलाई हुँदा यात्रुलाई मात्र होईन दक्षिणी क्षेत्रको आर्थिक, समाजिक क्षेत्रमा समेत प्रभाव पार्दै आएको छ । हालै प्रदेश तथा प्रतिनिधी सभा सदस्यमा निर्वाचन क्षेत्र १का संसदत्रय दिवान सिह विष्ट तारालामा तामाङ्ग, बीर ब। थापाले समेत ठेकेदार कम्पनीलाई दवाव दिनुपर्ने स्थानीयको भनाई छ । निर्वाचित तीनै जना संसद सहित राजनीतिक दल, स्थानीय तहले समेत निर्माण कम्पनीलाई दवाव दिनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार