कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

महेन्द्रनगर। बेदकोट नगरपालिका–१ हात्तिथालामा हात्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ।

मंगलबार दिउँसो बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस दाउरा ल्याउन गएका बेला हात्तीको आक्रमणबाट स्थानीय ६८ वर्षीया हिरादेवी धानुकको मृत्यु भएको छ ।

‘उहाँलगायत अन्य महिलाहरु बिहान दाउरा ल्याउन गएका थिए, त्यसपछि फेरी दोर्सो पटक दाउरा ल्याउन गएको बेला उहाँमाथि हात्तीले आक्रमण गरेको हो । ‘उहाँ साँझसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिनुभयो।’ उनको हात्तीको आक्रमणबाट सामुदायिक वनमै मृत्यु भएको हो।

अहिले घटनास्थलमा प्रहरी, जनप्रतिनिधि र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीहरु पुगेका छन्। उनको शवलाई परीक्षणका महाकाली प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ।

ताजा समाचार