कैलालीमा हँसिया प्रहार गर्दा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

महेन्द्रनगर । कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहारबाट मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रहरीले बताएको छ।

भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भई उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ।

मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

ताजा समाचार