महेन्द्रनगर । दार्चुलाका छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भीरबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी दार्चुलाका प्रहरी निरीक्षकका अनुसार लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए।
यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ।
हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भिरमा खसेको प्रहरीको भनाई छ।