महेन्द्रनगर । बझाङ जिल्लाको मष्टा गाउँपालिका १ कोटदेबल नजिकै रहेको बेतालदेब प्राबीको (सिल्की) भन्ने स्थानमा एक पुरुष झुन्डिएको अबस्थामा फेला परेका छन् ।
आज बुधबार दिउँसो करिबन १ बजे अन्दाजी ४७ वर्षिया धौले ओखेडा झुन्डिएको अवस्थामा फेला परेका छन ।
जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर ओखेडा (धौले) झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन ।
घरभन्दा करिब ३०० मिटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् ।
घटना बारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यलय बझाङको टाेली घटनास्थलतर्फ गइरहेको प्रहरी स्रोतले जनाएको छ।