धनगढीमा प्राइम राइड सेयरिङ्ग डेलिभरीको सेवा सुरु

महेन्द्रनगर। अब मोवाईल एपमै एक क्लिकमै धनगढीमा यातायात सेवा पाईने भएको छ । प्राईम सेवाको राइड सेयरिङ्ग, डेलिभरी तथा मल्टिप्रपोज एप मार्फत यो सेवा लिन सक्ने भएका छन् । बुधबार देखी धनगढीबासीका लागि यो एप मार्फत आफुले चाहेको स्थानबाट गन्तव्य सम्म पुग्नका लागि यातायात सेवा बुक गर्न सक्ने सेवा सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा प्राईम सेवा राइड सेयरिङ्ग, डेलिभरी तथा मल्टिप्रपोज एप प्राइमसेवा सञ्चालनमा ल्याइएको छ । क्यास नेपले धनगढीमा यातायात क्षेत्रलाई सहज बनाउने उद्देश्यका साथ राइड सेयरिङ्ग एप प्राइम सेवा सञ्चालनमा ल्याएको हो ।
देशका सात मुख्य सहरमा सञ्चालनमा आइसकेको प्राइम सेवालाई प्रभावकारी बनाउन धनगढीमा प्रादेशिक कार्यालय रहने गरी बुधबार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

प्राईम सेवा राइड सेयरिङ्ग, डेलिभरी तथा मल्टिप्रपोज एपका कार्यकारी निर्देशक राजन अधिकारीले एक कार्यक्रमका बिच धनगढीको चौराहमा रहेको कार्यालय उद्घाटन गरेका छन् । नेपाली मौलिकताको फेसबुक एप’ समेत तयार गरेको क्यास नेपले धनगढीमा थप छिट्टै विभिन्न ६४ वटा विधाका सेवा प्रवाह गर्ने जनाएको छ ।

‘त्यसका लागि आवश्यक अध्ययन र सहकार्यका प्रस्तावहरूमा छलफल गरिरहेका छौं, कार्यकारी निर्देशक अधिकारीले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्ने उद्देश्यले विभिन्न योजनाहरू अघि सारेको छौ ।’ सुदूरपश्चिम प्रदेशका लागि उमेश बडु प्राइम सेवाको प्रतिनिधीका रुपमा रहेर यहाँ सेवा बिस्तार गरेका हुन् । अहिलेलाई धनगढीमा प्राइम सेवाले यातायात सेवा दिन सुरु गरेको छ ।

ताजा समाचार