बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

महेन्द्रनगर। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ पाटन नगरपालिका–१० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का ३६ वर्षीय तेजबहादुर साउँदको मृत्यु भएको हो।

जीपमा उनी मात्रै सवार थिए। जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ताजा समाचार