धनगढीमा दिदीको घरमा बस्ने २१ वर्षीया एक युवती मृत अवस्थामा फेला

महेन्द्रनगर । धनगढीमा एक युवती मृत फेला परेकी छन्।

धनगढी उप(महानगरपालिका वडा नम्बर ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

उनी दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरीले घोडाघोडी नगरपालिका(६ दिदीको घरमा बस्दै आएकी साउँद मृत भेटिएको बताए।

उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरी टोली घटनास्थल पुगेको छ। घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार