महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा बिहीबार साँझ गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–२ अरनिको बस्ती स्थित सडकमा बेलौरीबाट आईबिआरडीतर्फ जाँदै गरेको मोटरसाइकलमा आगलागी भएको हो।
प्रहरीका अनुसार से २ प ६४८२ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो। आगलागीपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी
