कञ्चनपुरमा एक जना जंगलमा झुण्डिएको अवस्थामा मृत फेला

महेन्द्रनगर। कञ्चनपुरको एक जना युवक मृत अवस्थामा फेला परेका छन्।

लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका २० वर्षीय छोरा मनोज राना हुन अहिले दिउँसो लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरीले जानकारी दिएका छन् ।

एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ।

अध्यक्ष राना भने काठमाडौंमा छन्।खबर सुनेपछि उनी आइरहेको प्रहरीले जनाएको छ। राना ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए।

प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको छ। थप विवरण भने आउन बाँकी छ।

ताजा समाचार