महेन्द्रनगर । काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना भएको छ ।
बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा परी १७ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
