अपाङ्गताको अधिकार सम्बन्धी अभिमुखिकरण

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम समावेसी अपाङ्ग संघले अपाङ्गताको अधिकार विषयक अभिमुखीकरण गराएको छ ।

बुधबार एक कार्यक्रमका विच अपाङ्गताको अधिकार सम्बन्धीत ऐन नियमावली र निर्देशिका बारेमा अभिमुखिकरण गराईएको हो । कार्यक्रममा भीमदत्त नगरपालिका क्षेत्रका २७ जना अपाङता भएका व्यक्तिको सहभागिता रहेको थियो ।

अपाङताको अधिकारका लागि कार्यरत अभियन्ता उपेन्द्र खडायत, पार्वती विष्टले अपाङताको हक अधिकार विषयमा प्रशिक्षर््ाण गरेका थिए ।

सुदूरपश्चिम समावेसी अपाङ संघका अध्यक्ष मानमती भट्टको अध्यक्षतामा भएको अभिमुखिकरणको समापन भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा भएको थियो ।

तालिममा सहभागिहरुले आफ्नो हक अधिकार बारे जानकारी पाईएको बताए ।

ताजा समाचार